टाइगर कप भलिबल: हेल्प नेपालसँग पराजित हुँदा प्रतियोगिताबाट बाहिरियो एपिएफ
पाेखरा | माघ १६, २०८१
पोखरा: टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबसँग पराजित हुँदा सशस्त्र प्रहरी बल एपिएफ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएको छ ।
पोखरो रंगशालामा बुधबार दिउँसो भएको खेलमा पुरुषतर्फ हेल्प नेपालसँग ३–२ को सेटले पराजित हुँदै एपिएफ प्रतियोगितबाट बाहिरिएको हो । तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेको एपिएफले पाँचौं सेटमा सम्हालिन नसक्दा प्रतियोगितबाट बाहिरिनुप¥यो ।
हेल्प नेपालले पहिलो सेट २५–२२ र दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । हेल्प नेपालले तेस्रो सेट १३–२५ र चौथो सेट २३–२५ ले एपिएफलाई सुम्पिएको थियो ।
पहिलो र दोस्रो सेट गुमाएको एपिएफले तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं सेटमा सुरुआतबाटै अग्रता लिँदै हेल्प नेपालले १५–१२ ले जित निकाल्यो । ७–१२ को अवस्थालाई उल्टाउँदै १२–१३ को अवस्थामा पु¥याएपनि अन्तिम समयमा अंक जोगाउन नसक्दा एपिएफले हार बेहोर्नुप¥यो ।
हेल्प नेपालले अब लिग चरणको अन्तिम खेल गण्डकी प्रदेशसँग खेल्नेछ । उक्त खेलमा जित निकाल्ने टोलीले एलिमिनेटर खेल्नेछ । पराजित हुने टोली प्रतियोगितबाट बाहिरिनेछ ।
यसअघि भएको खेलमा महिलातर्फ एपिएफ क्लबले आयोजक टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । यस्तै आजै भएको खेलमा ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जित निकालेको थियो ।
ट्राभल इन्क्वारीले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले पराजित गरेको हो । आजको अन्तिम खेल भारतको सुनिल भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबिच हुनेछ ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

